९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

७ कात्तिक, बुटवल । पटका पड्केर रुपन्देहीमा ४ जना घाइते भएका छन् । भारतबाट रुपन्देहीकाको लुम्बिनी साँस्कृतिक नगरपालिका ३ पडयीमास्थित भित्री सडकमा खण्डमा लु २० प १५ नम्बरको मोटरसाइकलका अबैध पटका ल्याउँदै गर्दा विष्फोट भइ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


घाइते हुनेमा मोटरसाइकल चालक रुपन्देहीको गौडहवा बस्ने ३२ वर्षीय अशोक यादव, पैदल यात्री लुम्बनी सांस्कृत नगरपालिका ३ बस्ने ७० बर्षकि गुलरही मुसमान र सोही स्थानका २३ वर्षका धर्मेन्द्र भुज रहेका छन् । प्रहरीले मोटरसाइकलमा ल्याउँदै गरेको १ बोरा जुत्ता चप्पल र आधा बोरा पटक बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : October 24, 2019 at 7:27 pm