९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

महरालाई थप ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

७ कात्तिक, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ७ दिन थुनामा राख्न आदेश दिएको छ ।अनुसन्धान नसकिएको भन्दै महानगरीय अपराध महाशाखाले पुन म्याद थपको माग गरेको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबार महरालाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


महरालाई संसद सचिवालयकी कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले असोज १९ गते साँझ पक्राउ गरेको थियो । पक्राउ परेका महरामाथि काठमाडौँ जिल्ला अदालतले अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै अदालतसमक्ष फेरि म्याद थपको माग  गरेको थियो ।

प्रकाशित मिति : October 24, 2019 at 5:46 pm