१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा

७ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषदको बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए । सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुवेदीलाई कामकाजका लागि पदस्थापना भने गरिसकिएको छैन ।

प्रकाशित मिति : 17:32