१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

कात्तिक १३ गते सार्वजनिक विदा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

७ कात्तिक, काठमाडौँ । सरकारले कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए ।

 

सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् । बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौँ उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यस्तै नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।

 

प्रकाशित मिति : 17:17