९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

प्रधानमन्त्री ओलीले गर्ने दैनिक प्रशासनिक कामकाे जिम्मेवारी उपप्रधानमन्त्री पोखरेललाई

७ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोक्नुभएको हो ।

प्रकाशित मिति : October 24, 2019 at 4:06 pm