सरकारी काेषबाट तलब खानेबाहेक सबै श्रमिक सामाजिक सुरक्षा काेषमा समेटिन्छन: मन्त्री विष्ट
७ कात्तिक, काठमाडौँ । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले सरकारी काेषबाट तलब खाने कर्माचारीबाहेक सबै श्रमिक सामाजिक सुरक्षा काेषमा समेटिने बताएका छन । सामाजिक सुरक्षा काेषले मन्त्रालयमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा मन्त्री विष्टले समाजिक सुरक्षा काेषमा आउने कि नआउने भन्ने विषय एेच्छिक नरहेकाे बताए ।

उनले सबै राेजगारदाताका लागि याेगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम अनिवार्य रहेकाे बताए । मन्त्री विष्टले सूचिकृत हुन नआउने राेजगारदातामाथि कानुनी रुपमा कारबाही हुने बताए । यद्यपि मन्त्री विष्टले मंसिर १३ गते सम्मका लागि थपिएकाे समयमा सबै राेजगारदाता सूचिकृत हुने विश्वास व्यक्त गरे ।
मन्त्री विष्टले कतिपय राेजगारदाताकै अनुराेधमा समय थप गरिएकाे भन्दै सबै श्रमिकले काेष मार्फत आफ्नाे भविष्य सुनिश्चित गर्ने बताए । उनले याे कार्यक्रम हुनेखानेका लागि नभई हुँदाखाने श्रमिकहरसका लागि रहेकाे भन्दै श्रमिककाे जीवन सुरक्षित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले श्रमिककाे जीवन सुरक्षित गर्ने काम सरकार र संविधानकाे दायित्व भएकाे पनि बताए ।
प्रकाशित मिति : 15:46







