९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

म्याजिक चालकको मनः जसले यात्रुको १३ लाख रूपैयाँ र मोबाइल प्रहरी मार्फत सम्बन्धितलाई दिए

४ कात्तिक, काठमाडाैँ । चितवनको भरतपुरमा म्याजिक भ्यान चलाउने एक चालकले देखाएको इमान्दारिताको प्रहरीले प्रंशशा गरेको छ ।भरतपुरमा म्याजिक भ्यान चलाउँदै आएक एक चालकले सवारीमा छुटेको यात्रुको नगदसहितको ब्याग प्रहरी मार्फत सम्बन्धित धनीलाई बुझाएका छन् । आइतबार दिउँसो पौने तीन बजे भरतपुरको सहिदचोकबाट हाकिमचोकतर्फ गइरहेको ना १ ज ७९०१ नम्बरको म्याजिकका चालक कालिका नगरपालिका ३ का २२ वर्षीय सुरेस गुरुङले भरतपुर ८ की ६२ वर्षीया सुमित्रा राणाको व्याग प्रहरी मार्फत बुझाएका हुन ।

म्याजिकमा राणाले छाडेको कालो रङको लेडिज ब्याग झापा भद्रपुर ८ का २२ वर्षीय निरन्जन भट्टराईले देखेपछि गुरूङले प्रहरीलाइ खबर गरेका थिए ।  म्याजिक चालक गुरुङ र यात्रु भट्टराई उक्त ब्याग लिएर जिल्ला प्रहरी कार्यालय चितवनको सम्पर्कमा पुगे त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सालिकराम पौडेलको रोहवरमा ब्याग खोलेर हेर्दा नगद १३ लाख रुपैँया, एउटा मोबाईल र अन्य सामान फेला परेको थियो । त्यसपछि सम्बन्धित धनीलाई बोलाएर नगद र मोबाईलसहितको झोला जिम्मा लगाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : October 21, 2019 at 3:12 pm