बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरू छलफलमा, यस्ता छन् एजेण्डा
४ कात्तिक, काठमाडौँ । बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरूबिच छलफल भइरहेकाे छ । पदाधिकारीबिहिन रहेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको हाे ।

सोमवार बिहानदेखि चलेको छलफलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू सहभागी छन् । बैशाखदेखि पदाधिकारीबिहिन रहेका दुवै आयोगमा अहिलेसम्म सिफारिस समितिले पदाधिकारी नियुक्त गर्न सकेको छैन ।
प्रकाशित मिति : 12:15









