९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

जनगायक जीवन शर्माको छोराको स्वास्थ्यप्रति प्रधानमन्त्री ओलीको चासो

४ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगायक जीवन शर्माका छोरा अमृतको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले गायक शर्मालाई शनिबार प्रधानमन्त्री निवासमै बोलाएर छोराको स्वास्थ्यको बारेमा चासो प्रकट गरेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले शर्माको छोरा अमृतको स्वास्थ्यस्थिति र व्यक्तिगत कुराकानी गरेका हुन् ।

यता गायक शर्माले पनि प्रधानमन्त्रीले बालुवाटारमै बोलाएको बताउँदै सद्भावप्रति आफूले धन्यवाद व्यक्त गरेको बताए । उनले यस्तै समस्यामा पर्ने जो कोही नागरिकले रकम अभावमा उपचार नपाउने स्थिति नबनोस भनेर नीतिगत रूपमा सम्बोधन गरिदिन प्रधानमन्त्रीलाइ अनुरोध गरेको बताए । अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्यसलाई काटेर फाल्नु परेकाले अमृतको अवस्था डरलाग्दो बनेको छ । अहिले अमृत शर्माको आहारा मुखबाट जाँदैन, सीधै पेटबाट हुन्छ ।

प्रकाशित मिति : October 21, 2019 at 7:49 am