१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा 

३ कात्तिक, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सासंद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले ३५ दिने म्याद तामेली गरेपछि गुरुङ आइतवार अदालतमा उपस्थित भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश पुणेश्वर प्रसादउपाध्यायको इजलासले गुरुङलाई साधारण तारिखमा रिहा गर्ने आदेश दिएको हो । २०७४ सालको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनताका दोलखाको गौरीशंकर गाउँपालिकामा कुलबहादुर तामाङको हत्या भएको थियो । हत्यामा किटानी जाहेरी परेका वीरध्वज खड्कामाथि त्यसको केही दिनमा काठमाडौँको कोटेश्वरमा आक्रमण भयो ।

आक्रमण सांसद गुरुङले गराएको भन्दै त्यतिबेलै खड्काले पार्वत गुरुङसहित आधा दर्जनविरुद्ध ज्यान मार्न खोजेको भन्दै प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरी परिसरले गत वैशाख २९ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : 21:08