१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

विकास खर्च कम भएकाले काम गर्ने तरिका बदल्न मन्त्री बस्नेतको आग्रह

३ असाेज, काठमाडाैँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विकास खर्च कम भएकाले काम गर्ने तरिका बदल्न आग्रह गर्नुभएको छ ।जिल्लाका सरकारी कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “अब कर्मचारी अभाव मात्र भनेर हुँदैन, समस्याको मूल जरो कहाँ हो भनेर पत्ता लगाएर काममा तीव्रता दिनुहोस ।”

जिल्लामा आएको बजेट एक चौथाइ पनि खर्च हुन नसकेपछि उहाँले यस्तो बताउनुभएको हो । खर्च भएको बजेटमा पनि गुणस्तरको अवस्था के छ ? त्यो पनि जाँच हुँने उहाँको भनाइ छ । उहाँले काम गर्नका लागि बजेटको अभाव नहुने भएकाले जनताले अनुभूति गर्ने गरी कामको गति बढाउन आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले पुरानो तरिकाले काम गरे सफल नभइने बताउनुभयो । उहाँले जिल्लामा सञ्चार, खानेपानी, विद्युत्, पर्यटन र अन्य जनताका सरोकारसँग जोडिएका विषयवस्तु छिट्टै सम्बोधन हुँने मन्त्रीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा अझै पनि काम गर्ने तरिका बदलिन नसकेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : 20:40