२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

आजदेखि बैंकसहित ८१ कम्पनीको कारोवार रोक्का (सुचिसहित)

३ कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जले आजदेखि धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोकेको छ । धितोपत्र सुचिकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नुपर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए सेयर कारोबार रोक्का हुन्छ ।

कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १२:४७