२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

कांग्रेस नेता बलदेव पोखरेलले फर्जी कागजात बनाएर बुहारीलाई प्रदेश लोकसेवाको सदस्य बनाए

३ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोखरेललाई प्रदेश लोकसेवा अायोगको सदस्य बनाएको खुलासा राजधानी दैनिकले गरेको छ । प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता समेत रहेका पोखरेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएका हुन ।

कांग्रेस नेताको यो हर्कतसँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ । लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएका हुन । लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् । प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेसका नेता हुन ।

प्रदेश लोकसेवा केन्द्रीय लोकसेवा आयोगकै सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने कानुनी प्रावधान छ । जसअनुसार प्रदेश लोकसेवा आयोगमा नियुक्ति पाउनेमध्ये ५० प्रतिशत सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेको हुनुपर्ने संवैधानिक प्रावधान छ । यसैगरी, आयोगको सदस्य हुन विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महŒवपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको व्यक्ति हुनुपर्ने समेत संवैधानिक व्यवस्था छ । तर, यो संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्दै फर्जी कागजातका आधारमा राहेललाई नियुक्ति दिलाइएको छ । राहेललाई नियुक्तिका लागि सिफारिस गर्दा उनले पेस गरेका शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र समेत नक्कली रहेको पाइएको छ ।

प्रकाशित मिति : 11:16