१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

पश्चिम सेती र माथिल्लो कर्णाली परियोजना सरकारले बनाओस जनताले लगानी गर्छनः नेता रावल

२ कात्तिक, धनगढी । नेकपा सुदुरपश्चिमका इन्चार्ज भिम रावलले पश्चिम सेती र माथिल्लो कर्णाली परियोजना नेपाल सरकारलाई बनाउन माग गर्नुभएको छ । सुदूरपश्चिम र मध्यपश्चिमको बिकासका लागि यी आयोजनाको काम तत्काल थाल्न भन्दै नेता रावलले सरकारका लागि आयोजना निर्माणमा लाग्ने रकम यहाँका जनताले नै उठाईदिने बताउनुभयो । बिकासका कामको सुरुवात पुर्वबाट गर्ने परम्पराको अन्त्य गर्दै अब सुदुरपश्चिमबाट गरिनु पर्ने नेता रावलको धारणा रहेको छ ।

उनले नेपालको पुर्व पश्चिम रेल चलाउने प्रसंग उठाउँदै अब रेल मार्गको निर्माणको शुरुवात पूर्वबाट नभए पश्चिम नाका गड्डाचौकीबाट गर्नुपर्ने बताए । धनगढीमा पार्टीबाट निर्बाचित जनप्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टी अध्यक्ष प्रचण्डको अगाडी भने सुदुरपश्चिमलाई बिकासको कुरा देखी अन्य राजनीतिक नियुक्तीहरुमा पनि पार्टीले समेत उपेक्षा गरेको आरोप लगाए ।’ मलाई यहाँका जनताले सोध्ने गरेका छन् राजदूतहरू नियुक्त भए हाम्रो सुदूरपश्चिममा राजदूत नियुक्त हुन लाएक कोही छैनन् कि क्या हो ? अनी न्यायधीश हुन लाएक यस क्षेत्रमा कोही बिषय बिज्ञ छैनन् र ? भन्दै सोधिने प्रश्नको उत्तर आफूसँग भएपनि जवाफ सरकारले दिनुपर्ने बताउनुभयो ।

नेता रावलले अध्यक्ष प्रचण्डलाई इंकित गर्दै भने -‘पश्चिम सेती,शुख्खा बन्दरगाह ,माथिल्लो कर्णालीको नाम हामीले कहिलेसम्म जपिरहनु पर्ने हो ।’ सुदुरपश्चिम प्रदेशमा गत निर्बाचनमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउबा (नेपाली कांग्रेस) लाई उनकै जिल्लामा सिमित राखेर नेकपाले अन्य सबै जिल्लामा जित हात पारेको स्मरण गर्दै इन्चार्ज रावल भने अब यस्तै भयो भने त पार्टीलाई कसरी आगामी निर्बाचनमा जिताउन सकिएला र भनेर प्रतिपश्न गरे ?

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले नेपाल कम्युनिष्ट पार्टी नेपालको राष्ट्रीययता, अखण्डता, स्वाभिमान रक्षाको निम्ती उभिएको पार्टी भएकोले बिदेशीका सामु नझुक्न नेत्रित्वलाई खबरदारी गर्नुपर्ने बताए । उनले नेपालको संबिधान जारी गर्दा बिदेशी शक्तीकेन्द्रहरुले पनि बिभिन्न षडयन्त्र गरिएको भएपनि त्यसलाई चिरेर जनभावना अनुसार नेपालको संबिधान जारी गर्न नेपाल कम्युनिष्ट पार्टीले महत्तपुर्ण भुमिका खेलेको स्मरण गरे ।

तर, उनले पछिल्ला पार्टीका निर्णयहरु सामुहिक र बिधी बाहिर गएर हुने गरेको बताए । यस्तै सोही कार्यक्रममा बोल्दै पार्टी स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीले सुदुरपश्चिमको बिकासमा बिषेश ध्यान दिनुपर्ने बताए । उनले देशमा हुने हरेक परिबर्तनमा सुदुरपश्चिमको ठुलो योगदान हुने गरेको भएपनी त्यसको उचित मुल्याङन पार्टी नेत्रित्वले गर्न नसकेको दुखेसो पोखे ।

प्रकाशित मिति : 08:40