कांग्रेस भ्रष्टाचारी, हत्यारा र बलात्कारीहरूको संरक्षक बन्योः संयोजक महर
१ कात्तिक, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली कांग्रेस पार्टी भ्रष्टाचारी, हत्यारा र बलत्कारीहरूको संरक्षक बनेको आरोप लगाएका छन । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले हत्या अभियोगी सांसदलाइ फसाएको भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित बनेका महरले सामाजिक सञ्जालमा केही सञ्चारमाध्यममा आएको देउवाको समाचारको स्क्रिन सर्ट राख्दै मुलुकलाई गरिबी र अधोगतिको भुमरीमा फसाइरहन खोज्ने नेपाली कांग्रेस पार्टीको वास्तविक रुपको पर्दाफास हुँदै गएको बताएका छन ।

महरले आफुलाई लोकतन्त्रको मसिया अनि ठेकेदार सम्झिने कांग्रेस भ्रष्टाचारी, हत्यारा र बलात्कारिहरुको संरक्षक बनेको दाबी गरेका छन । उनले नेपालमा फाँसीको सजाँएको अवस्था रहेको अवस्थामा कांग्रेस संसाद मोहम्द अफताव आलमलाइ सात पटकसम्म नृशंस ढंगले फाँसी दिंदा पनि अपुग हुने टिप्पणी समेत गरेका छन । उनले व्यक्त गरेको बिचार उनकै शब्दमा तल हेर्न सक्नुहुन्छ ।
आफुलाई लोकतन्त्रको मसिया अनि ठेकेदार सम्झिने भ्रष्टाचार हत्या बलात्कारिहरुको संरक्षक साथै मुलुकलाई गरिबी र अधोगतिको भुमरीमा फसाइरहन खोज्ने नेपाली कांग्रेस पार्टीको वास्तविक रुपको पर्दाफास हुँदै छ। वास्तबमा नेपालमा फांसिको सजाय दिने कानुनी ब्यबस्था छैन यदि त्यस्तो ब्यबस्था भैदिएको भए सात पटक सम्म नृशंस ढंगले फाँसी दिंदा पनि अपुग हुन्छ मोहम्मद अफ्ताव आलमलाई।
मेरो बिश्वास थियो कि नेपाली कांग्रेसले रौतहटको त्यो नरसंहार को सत्य तथ्य छनबिन होस र दोषी उपर कडा कार्वाही होस भन्ने छ भनेर तर मेरो बिश्वास झुटो साबित भयो काँग्रेस सुध्रीयो होला भन्ने लागेको थियो आखिर कुकुरको पुच्छर १२ बर्ष सम्म ढुंग्रोमा राख्दा पनि बाङ्गो नै भन्थे हो रहेछ। घटनाको बिवरण यसप्रकार रहेको छ:
-०६४ सालमा बम बनाउदा पड्केर घाईते भएका २० जना जति लाई बेहाेस बनाउने सुई लगाई ईटाभट्टा काे अागाे जिउदै पाेलेर बर्बरता पुर्बक हत्या भएको थियो। जुन खबर मिडियामा सार्बजनिक भएको थियो
-त्यति खेर कांग्रेसको सरकार थियो, प्रहरीलाई दबाब दिएर जाहेरी लिन दिईएन।
-प्रहरीले जाहेरी नलिएपछि हुलाकमार्फत अदालतमा जाहेरी हालियो। महान्यधिबक्ता कार्यलयले मुद्दा चलाउन मानेन।
-फेरी, सर्वोच्च गएर पक्राउ गरी अनुसन्धान गर्न आदेश भयो, पक्राउ गर्न रोकियो।
-जाहेरी हाल्नेलाई (मृतककी आमा)गोली हानी हत्या गरीयो।
-प्रहरीले अफ्ताबले नै गोली हान्न लगाएको ठहर गर्यो फेरिपनी पक्राउ गर्न रोकियो।
-सबै सार्वजनिक भएकै थियो।तरपनि, कांग्रेसले कारवाही गरेन।३ पटक #सांसदको टिकट दियो भने हत्याकाण्ड भएपछि ३ पटक #मन्त्री नै बनायो।
-पक्राउ परेपछि कार्यकर्ताले प्रहरीचौकी ढुंगामुडा गरे, रौतहट कांग्रेसले रिहाई गर्न बिज्ञप्ति निकाल्यो।
यति जघन्य अपराधमा संलग्नलाई अहिले अाेलि सरकार ले समात्दा काङ्ग्रेस बिरूद्द षड्यन्त्र भाे भन्दै छन् देउपा सिटाैला ।#काँग्रेस्#लाजनिति#
प्रकाशित मिति : 22:36









