रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनलेको आदेश यथावत राख्न उच्च अदालतकाे आदेश
३० असोज, काठमाडौँ । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियाे । यस्तै सञ्चारकर्मी युवराज कँडेलकाे हकमा पनि जिल्ला अदालत चितवनककाे आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियाे ।

यस्तै अस्मिता कार्की रुकुको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेश कायम गर्न आदेश दिएको छ । अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । आत्महत्या दुरुत्सान अभियोगमा तीनै जना केही महिनाअघि काठमाडौं उपत्यकाबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछाने ५ लाख धरौटी, कँडेल ३ लाख र कार्की साधारण तारेखमा रिहा भएका थिए ।
प्रकाशित मिति : October 17, 2019 at 6:45 pm









