१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

सांसद पार्वत गुरूङविरूद्ध जाहेरी दिने नै हत्या अभियोगी रहेको खुलासा, यस्तो रहेछ वास्तविकता

३० असोज, काठमाडाैँ । नेपाल कम्युिनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं दोलखाका सांसद पार्वत गुरूङविरूद्ध पक्राउ पुर्जीको समाचार बुधबार साँझपखबाट भाइरल बन्यो । करिब एक घण्टाको बीचमा सयाैँ मिडियामा निरन्तर गुरूङको समाचार अाइरह्यो पक्राउ पुर्जी जारी गरेको समाचार भाइरल बनिरहँदा घटना र बिबरण फरक पाइएको छ । गुरूङलाइ अदालतमा उपस्थितिका लागि म्यादमात्र थमाइएको रहेछ । यसबारेमा गुरूङले प्रतिक्रिया दिँदै अाफूले अदालतमा गएर बयान दिने बताइसकेका छन ।

जसले गुरूङको विरूद्धमा जाहेरी दिए ती व्यक्तिले हत्याको अभियोगबाट बच्नका निम्ति गुरूङको विरूद्धमा जाहेरी दिएको खुलासा भएको छ । गत स्थानीय निर्वाचनको समयमा तत्कालीन नेकपा एमाले र माअोवादीका बीचमा देखिएको विवादका बीचमा कुलबहादुर तामाङको हत्या भएको थियो । त्यही हत्यामा संलग्न भएको अभियोगमा प्रहरीमा जाेहरी परेका व्यक्तिले त्यसबाट मुक्ति पाउनका लागि प्रहरीमा जाहेरी दिएको घटनाका जानकार प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले बताएका छन ।

बस्नेतले घटनाका बारेमा कोही भ्रममा नपरौं भन्दै यस्तो तथ्य अघि सारेका छन ।

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तागुरूङत्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ ।

यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो ।

माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो ।

प्रकाशित मिति : 07:29