३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

नेपाल र यूएईका श्रममन्त्रीबीच भेटवार्ता, श्रम सम्झौता पूर्ण कार्यान्वयन गर्न यूएई तयार

२९ असोज, काठमाडाैँ । नेपाल र यूएईबीचको श्रम सम्झाैता पूर्ण रूपमा कार्यान्वयनका लागि यूएई सरकार तयार भएको छ । नेपाल र यूएईका श्रममन्त्रीबीच बुधवार यूएईमा भएको भेटवार्तामा यूएईले यस्तो प्रतिवद्धता जनाएको हो । बुधबारदेखि दुबईमा सुरु भएको मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलग अघि श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उनका समकक्षी यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपालका तर्फबाट मन्त्री विष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राखेका थिए । जवाफमा नेपाली श्रमिकका विषयमा यूएई गम्भीर र सुधारका प्रयासमा सकारात्मक भएको यूएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले बताएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए । ढकालका अनुसार मन्त्री विष्टसँग यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा नोभेम्बर पहिलो हप्ता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी सहमति भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १५:००