६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

कृष्णबहादुर महरा थप ३ दिन हिरासतमै रहने, प्रहरी अनुसन्धान जारी

२८ असोज, काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा सभामुख पद समेत गुमाएका नेकपाका नेता कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । उनले संसद सचिवालयमा कार्यरत रोशनी शाही माथि  जबर्जस्तीस गरेका थिए । शाहीले प्रहरीमा जाहेरी दिएपछि मध्य दशैँमा प्रहरीले महरालाई हिरासतमा लगेर अनुसन्धान गरिरहेको छ ।

मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । प्रहरीले तीन दिनमा अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेपछि महरा थुनछेकको बहस हुनेछ बहसपछि अदालतले महरालाइ धरौटीमा छाड्ने वा पूर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश दिनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १७:३२