सी भ्रमण नेपालको विकासमा कोशेढुंगा भएको नेकपा विदेश मामिला विभागको निष्कर्ष
२८ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिनको नेपालको दुइ दिने राजकीय भ्रमण फलदायी भएको र दीर्घकालीन महत्व र नेपालको विकासमा कोशेढुंगा भएको निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलमा रहेको विभागको कार्यालयमा भएको बैठकमा सीको भ्रमणको समिक्षा गरिएको र भ्रमण नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालिएको उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा विभाग प्रमुख एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिएका थिए । बैठकमा उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्याल लगायतले भ्रमणका विविध पाटामा आफ्ना प्रस्तुती राखेको रिजालले बताए ।
प्रकाशित मिति : 14:51









