९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कांग्रेस नेता शिवराम भण्डारीसहित ११ जुवाडे काठमाडाैँबाट पक्राउ, ४ लाख नगद बरामद

२७ असोज, काठमाडाैँ । प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११ जनालाइ पक्राउ गरेको छ । प्रहरीले बूढानिलकण्ठ नगरपालिका वडा ४ बाट कांग्रेस नेता भण्डारीसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो । बुढानिलकण्ठ नगरपालिका भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।

गएराति पक्राउ परेका उनीहरुको साथबाट चार लाख १ हजार १५ रूपैयाँ बरामद भएको पनि प्रहरीले जनाएको छ । भण्डारी बुढानिलककण्ठ नगरपालिकाका जनप्रतिनिधि समेत हुन । प्रहरीले उनीहरूको साथबाट कौडा १८ थान र १ बुक तास पनि बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।

पक्राउ पर्ने अन्यमा बुढानिलकण्ठ नपा वडा नं ४ का ४३ वर्षीय उत्तम कुईकेल, ३४ वर्षीय कृष्ण खत्री, ३२ वर्षीय मनोज खत्री, ३८ वर्षीय प्रेम दुलाल, ३५ वर्षीय नारायण खत्री, ३९ वर्षीय रोहित खत्री, ३६ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४३ वर्षीय नारायण भण्डारी, टोखा नपा वडा नम्वर २ वस्ने ३४ वर्षीय वालकृष्ण श्रेष्ठ र ४२ वर्षीय हरि प्रसाद डंगोल रहेका छन ।

प्रकाशित मिति : October 14, 2019 at 8:11 pm