९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

तनहुँमा जीप र बस एकआपसमा ठोक्किँदा जीपका चालककाे मृत्यु

२६ असाेज, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान जीप र बस एकआपसमा ठोक्किँदा जीपका चालककाे मृत्यु भएको छ ।

मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नं को बोलेरो जीप र विपरित दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नं को यात्रुबाहक बस एकआपसमा ठोक्किदा जीपका चालक नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारुको मृत्यु भएको हाे । 

प्रकाशित मिति : October 13, 2019 at 3:14 pm