नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट प्रभावित भएँः राष्ट्रपति सी
२६ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट प्रभावित भएको बताएका छन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता र नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट आफू प्रभावित भएको बताएका हुन । उनले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको पनि बताएका छन ।

सीले चीन र नेपालबीचको मित्रता हिमालयजस्तै उच्च र शानदार रहेको बताउँदै यसले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको उल्लेख गरे । भेटमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभाको तर्फबाट राष्ट्रपति सीलाई स्वागत गर्दै उनलाई स्वागत गर्न पाउनु नेपाली जनताको लागि गर्वको विषय भएको बताए । चिनियाँ राष्ट्रपति सीको कुशल नेतृत्वमा चीनले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको बताउँदै तिमिल्सिनाले राष्ट्रको कायाकल्प गर्ने चिनियाँ सपना अवश्य पूरा हुने आशा व्यक्त गरे ।
प्रकाशित मिति : 09:14









