१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा (भिडियोसहित)

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुइ दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौँमा आइपुगेका सीले सोल्टी होटलमा उनैको सम्मानमा भण्डारीले आयोजना गरेको राजकीय भोजअघिको सम्बोधनमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका हुन । उनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएका छन ।

राष्ट्रपति सीले नेपाल अब ल्याण्डलिङ्क्ड हुने बताएका छन । उनले नेपाल-चीन सम्बन्धमा कुनै समस्या नरहेको, बताउँदै नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको बताए । सीले  दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने अपेक्षा समेत गरेका छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएकोसमेत जानकारी समेत दिएका छन । उनले अरनीको राजमार्गको स्तरोन्तीको समेत प्रतिवद्धता जनाएका छन । राष्ट्रपति सीले बुद्ध धर्म मान्ने बढीभन्दा बढी चिनयाँ नागरिकले नेपालको भ्रमण गर्ने समेत बताएका छन ।

राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए । उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरे ।

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरे । विकास निर्माणका निम्ति तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता गरे । राष्ट्रपतिको सीको सम्बोधन र हेर्न र सुन्न तल

प्रकाशित मिति : 21:33