राज्यमन्त्री सहभागी कार्यक्रममा चिया पकाउने क्रममा ग्यास पड्किँदा ४ जना घाइते
२५ असोज, महोत्तरी । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा ४ जना घाइते भएका छन् । समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिकामा दसै, तिहार तथा छठको अवसरमा शुक्रबार आयोजना गरिएकाे शुभकामना आदानप्रदान कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो ।

विस्फोटमा परी गौशाला नगरपालिकाका २८ वर्षिय कौशल यादव, २७ वर्षिय ओम प्रकाश यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् । घाइतेहरुको जनकपुरस्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उपचाररत ४ जनामध्ये ओम प्रकाश यादव र कौशल यादवकाे अवस्था गम्भिर रहेको जानकी हेल्थ केयरले जनाएको छ ।
प्रकाशित मिति : October 12, 2019 at 1:57 pm









