९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

काभ्रेमा निसान गाडी दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते

२५ असोज, बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार राती महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको स्थानीयवासी र प्रहरीकाे सहयाेगमा उद्धार गरिएकाे छ ।

प्रकाशित मिति : October 12, 2019 at 7:22 am