१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

सीको भ्रमणमा उठाउने एजेण्डामा छलफल गर्न ओलीले भोलि पूर्व प्रधानमन्त्रीसँग छलफल गर्ने

२२ असोज, काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श लिने भएका छन । शनिबार चिनयाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने निश्चित भएपछि प्रधानमन्त्री ओलीले एजेण्डाको विषयमा व्यापक परामर्श गर्न लागेका हुन ।

यसका लागि प्रधानमन्त्री ओलीलेले भोलि पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग छलफल गर्न लागेका छन । सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्न लागेका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 19:15