९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना तीनको मृत्यु, पाँच घाइते

२० असोज, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।

फाइल फोटो ।

मृतकको सनाखत भएको छैन । घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : October 7, 2019 at 5:34 pm