सोलुखुम्बुमा एउटा जीपमाथि अर्को जीप खस्दा एक जनाको मृत्यु १० जना घाइते
१९ असोज, काठमाडाैँ । सोलुखुम्बुमा एउटा जीपमाथि अर्को जीप खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन । शनिबार राति झण्डै ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाण्डौबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो ।

दुर्घटनामा नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय बा १५ च ९६२० नम्बरको बोलेरो जीपका चालक लेखबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भइ तल्लो मोडमा रहेको जीपमाथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम कार्कीले बताएका छन ।
प्रकाशित मिति : October 6, 2019 at 9:56 am









