९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

दुई वर्षअघि पुत्र गुमाएका न्युज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन

१९ असोज, काठमाडौँ । न्युज २४ टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यको निधन भएको छ । आचार्यको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यको नेपाल टेलिभिजनका पूर्व समाचार निर्देशक समेत हुन । केही समय अघिमात्र नेपाल टेलिभिजनबाट अवकाश पाएपछि स्वरोजगार मिडिया सञ्चालनको तयारी गरेका आचार्यले पछि न्युज २४ टेलिभिजनमा आबद्ध भएका थिए ।

उनको केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनले त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा पार्ट टाइम शिक्षकको रूपमा अध्यापन गराउँदै आएका थिए । आचार्यको कलेजोमा देखिएको समस्याका कारण ६१ वर्षको उमेरमा बिहान निधन भएको त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका पूर्व प्रमुख प्रवलराज पोखरेलले जानकारी दिए ।

आचार्यका एकमात्र पुत्र जयन्द्रदेब आचार्यको दुइ वर्ष अघि २०७४ साउन २५ गते अमेरिकाको बोष्टनमा ह्रदयघातका कारण मृत्यु भएको थियो । ३० वर्षको उमेरमा पुत्र गुमाएपछि आचार्य विक्षिप्त बनेका थिए । तनहुँ स्थायी घर भएका आचार्यका शालिन स्वभाव र इमान्दार व्यक्तिका रूपमा परिचित रहेका छन ।

प्रकाशित मिति : October 6, 2019 at 9:07 am