नेकपामा गलत विचार र प्रवृतिको हावी हुन दिदैनाैँः वरिष्ठ नेता खनाल
१८ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी भित्र कुनै पनि गलत विचार र प्रवृति हावी हुन नदिने बताएका छन । शनिबार विजयदशमी, शुभ दिपावली, नेपाल संवत, छट तथा लोसार पर्वको अवसरमा नेकपा काठमाडाैँ महानगरपालिका वडा नम्बर १५ को किमटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा वरिष्ठ नेता खनालले सबै खाले गलत प्रवृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

खनालले धेरै दुःख गरेर पार्टी निर्माण भएको भन्दै सबै नेता कार्यकर्ता एकता भएर पार्टीको शुद्धता जोगाउनु पर्ने बताए । उनले नेकपालाई हरेक खालका प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताए । उनले देशैभर पार्टीलाई अब्बल बनाउनका लागि पार्टीको सचिवालयले पनि काम गरिरहेको भन्दै स्थानीयस्तरमा सबै नेता कार्यकर्ताले एक भएर अघि बढ्नुपर्ने बताए । उनले पार्टी छ भन्ने महशुष कार्यकर्तालाई पनि गराउनुपर्ने बताए ।
भिडियो तल हेर्न सक्नुहुन्छ
प्रकाशित मिति : October 5, 2019 at 3:59 pm









