सिन्धुपाल्चकोको चाैतारामा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु
१८ असोज, काठमाडाैँ । सिन्धुपाल्चकोको चाैतारामा बसले एक बलिका किचेको छ । चाैताराको पुरानो बसपार्क नजिक ब२ ख ६५३५ नम्बरको बसले ३ वर्षीय बालिका किचेको प्रहरीले जनाएको छ । बसले किच्दा तीन वर्षीया प्रेरणा घलेको मृत्यु भएको छ । बालिका किच्ने अरनिको यातायातको बस र चालक प्रहरीको नियन्त्रणामा रहेका छन । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 5, 2019 at 3:17 pm









