काभ्रेको नेपालथोकमा बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते
१८ असोज, काठमाडाैँ । काभ्रेको नेपालथोकमा मिनि बस दुर्घटना हुँद तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए । दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार मृत्यु हुने सकैको पनि सनाखत भएको छैन । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 5, 2019 at 3:14 pm









