११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

कांग्रेस नेता थापाले गुजारेका रंगिन रातको फेहरिस्त प्रस्तुत गर्ने पुण्य गाैतमको चेतावनी (भिडियोसहित)

१८ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता पुण्य गौतमले कांग्रेस नेता गगन थापाले विगतमा विदाएका रंगिन दुनियाँको हिसाब सार्वजनिक गर्ने घोषणा गरेका छन । संवाद क्लबमा भएको एक कार्यक्रममा कृष्णबहादुर महराको यौन पक्ररण सुक्ष्म रूपमा अनुसन्धान गर्नुपर्ने बताउँदै उनी कांग्रेस नेता गगन थापाप्रति आक्रामक रूपमा प्रस्तुत भए ।

नेता गौतमले गगन थापाले गुजारेका सबै रंगिन रातहरूको फेहरिस्त रहेको भन्दै आवश्यक पर्दा सबै सार्वजनिक गर्ने घोषणा गरे । उनले कांग्रेसका सबै नेताको आनबानी जानकारी रहेको भन्दै गगनको तीनपुस्ते जन्मकुण्डली च्यातेर नफालेको बताए । कांग्रेस र राजावादीप्रति बढी आक्रामक रहेका गौतमले दिएको चेतावनी तलको भिडियोमा सुन्न र हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 10:29