कृष्णबहादुर-रोशनी प्रकरणः राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीबारे प्रहरीसँग जानकारी माग्यो
१७ असोज, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाइ यौन दूर्व्यवहार गरेर सभामुख पद गुमाएका कृष्णबहादुर महरा प्रकरणबारे चासो लिएको छ । आयोगले शुक्रबार प्रहरीलाइ पत्राचार गर्दै घटना र अनुसन्धानको बारेमा जानकारी मागेको हो ।

आयोगले पीडित र पत्रकारको सुरक्षाका सम्बन्धमा समेत चासो व्यक्त गरेको र शुक्रबार पत्राचार गरिएको आयोग स्रोतले जनाएको छ । गत आइतबार घटस्थापनाको दिन महराले रोशनीकै कोठामा गएर यौन दूर्व्यवहार गरेको आरोप लगेको छ । पछिल्लो पटक आएका तथ्यहरूले रोशनी महराकै कारण डिप्रेसनको अवस्थमा पुगेको समेत देखिएको छ ।
प्रकाशित मिति : October 4, 2019 at 3:23 pm









