३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

सभामुख पदबाट हटेपछि महराले फिर्ता गरे सुरक्षाकर्मी र सरकारी गाडी


१६ असोज, काठमाडौँ । सभामुखबाट राजिनामा दिएपछि कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।  बिहिबार महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् । सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।

महरामाथि संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि यौनदुव्र्यवहारको आरोप लागेको भिडियो सार्वजनिक भएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । यद्यपि शाहीले त्यसको भोलिपल्टै महराले यौन दुर्व्र्यवहार नगरेको भन्न अर्को भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १७:४७

https://srdb.com.np/