९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बाराको एक घरमा पाँच जनाको शव भेटियो

१५ असोज, काठमाडाैँ । प्रदेश नम्बर २ को बाराको फेटा गाउँपालिकाको एक घरमा पाँच जनाको शव भेटिएको छ । फेटा गाउँपालिका वडा नम्बर ४ मा रहेको घरभित्र ५ जनाको शव डुबेको अवस्थामा भेटिएको हो । घरभित्रको खाल्डोमा जमेको पानीमा ५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

उक्त खाल्डोमा ६ फिट भन्दा गहिरो रहेको अनुमान गरिएको छ । घरमा मानिसको बसोबास नरहेको स्थानीयले बताएका छन । अहिले घटनास्थलमा बाराका डीएसपी रञ्जित सिंह राठौर नेतृत्वको टोलीले अनुसन्धान सुरू गरेको छ । मृत अवस्थामा भेटिएका कसैको पनि पहिचान नखुलेको राठाैरले बताएका छन ।

प्रकाशित मिति : October 2, 2019 at 10:45 pm