१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बारामा २ अर्ब को गहुँ उत्पादन

१२ वैशाख, बारा । बारामा यस वर्ष रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ ।खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेको गहुँबाली आव ०७४÷७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो ।

विभिन्न जातको विउवाट गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

गत वर्ष ०७३÷७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

प्रकाशित मिति : April 25, 2018 at 4:21 pm