३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

आइतबारको रात बिर्सिदिन भन्दै महराले रोशनीसँग क्षमा मागेपछि… (भिडियोसहित)


१५ असोज, काठमाडाैँ । सभामुखको हैसियतमा रहेकै समयमा आइतबार राति संसद सचिवालयमा काजमा कार्यरत कर्मचारी रोशनी शहीको कोठामा पुगेका कृष्णबहादुर महराले भोलिपल्ट बिहान माफी मागेको खुलेको छ । महराले रोशनीलाइ उनको मोबाइलमा भाइबरबाट पठाएको सन्देशमा आइतबारको रात बिर्सिदिन अनुरोध गर्दै क्षमा मागेका छन । उनले रोशनीको मोबाइलमा पठाएको म्यासेजमा भनिएको छ, ‘गुड मर्निङ, उठ्नु भयो, फर्गेट एसटडे, आइ एम भेरी सरी ।’

रोशनीको भाइबरमा महराले पठाएको सन्देश । जहाँ उनले आइतबारको रात बिर्सिदिन अनुरोध गर्दै क्षमा मागेका छन ।

महराले रोशनीमाथि आइतबारको रात अत्याचार गरेको स्वीकार्दै राजिनामा समेत दिइसकेका छन । बिहान म्यासेज लेखका महराले दिउँसोमा पटक पटक फोन गर्दै आइतबारको रात बिर्सिदिन अनुरोध गरेको र तत्काल मिडियमा नबोली रेष्ट गरेर बस्न भनेका थिए । तर त्यसको विपरित रोशनीले पत्रकारहरूसँग यो विषय बाहिर ल्याइदिन अनुरोध गरिन । घटना भएकै रात रोशनीको कोठामा पुगेको प्रहरीले समेत तत्कालन अनुसन्धानमा कुनै चासो नदिनु र भोलिपल्ट दिउँसो रोशनीले जाहेरी दिन मानिन भनेर प्रचारबाजी गर्नुले महराको आगामी दिन सुरक्षित तुल्याउन प्रहरीको भूमिका बढी केन्द्रीत देखिएको छ ।

रोशनी प्रकरणबाट महराले पदिय हैसियत, नैतिकता मात्र गुमाएनन् उनको सामाजिक छवी मसेत थप कलंकित बनेको छ । परिवारभित्रको जस्तो सम्बन्ध स्थापित भएको परिवार भित्रको महिला सदस्यमाथि यौन दूर्व्यवहार गरेर गलत गरे । हुनत यसमा उनले राजनीति गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नै सांसद पद र सभामुख दुबैबाट एकैपटक राजिनामा दिन अनुरोध गर्दा घटनाका विषयमा बाहिर आएका समाचारमात्र पढेका छैनन् । शीर्ष नेताहरूले महरासँग कुराकानी र अन्य विषयमा जान्ने बुझ्ने कोशिश गरेका छन ।

शीर्ष नेताहरूले त्यसैको जगमा रहेर आकस्मिक सचिवालयको बैठक बसाली महराले सांसदबाट राजिनामा दिनुपर्ने निर्णय गरेका हुन पार्टीको निर्णय महराले स्वीकार गरेर राजिनामा दिए । तर त्यसपछि उनी निकटकाले रोशनीको व्यवस्थापनका सम्बन्धमा अनेक आश्वाससहित एक अनलाइन न्युज पोर्टलमा भिडियो अन्तर्वार्ता गरेर महरालाइ चोख्याउने कोशिश गरेका छन । तर महराको फोन र म्यासेजले अब जसलाइ जे बकाए पनि घटनाको यथार्थता लुक्ने अवस्था छैन  ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार ०६:४१

https://srdb.com.np/