९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

शिक्षा परिषद्काे बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने प्राविधिक पक्राउ

असोज १३, जनकपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक जना प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका ३ बाट रिषदका सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय ठाकुरलाई पक्राउ गरेकाे हाे ।

ठाकुरले शिक्षा परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी बिभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेकाे प्रहरीले जनाएकाे छ ।

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार गरी जम्मा १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ विभिन्न बैंकबाट कर्ते गरी निकालेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : September 30, 2019 at 12:59 pm