२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

नुवाकोटको बेलकोटगढीमा शहीद पार्क बन्दै, निर्माण सम्पन्न भएपछि यस्तो हुनेछ पार्क


१२ असोज, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ३ झ्याङ्लीपोखरीमा नमूना शहीद पार्क बन्ने भएको छ । नगरपालिकाको अाफ्नै लगानीमा बन्दै गरेको पार्कमा प्रदेश सरकारले पनि लगानी गर्ने भएको छ । कुनै समय माअाेवादी जनयुद्धको उर्वर भूमि मानिएको कुमरीमा शहीद पार्क बन्ने भएपछि स्थानीय भने खुशीले दंग परेका छन । कुल १ करोड २५ लाख लागत अनुमान गरिएको पार्कमा शहिदहरूको शालिक पनि हुनेछ ।

पार्क बनाउनका लागि नगरपालिकाले पहिलो वर्ष ७ लाख र दोस्रो वर्ष १० लाख लगानी गरेको र अब प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरेर पार्क निर्माण गर्ने बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगानाले जानकारी दिइन । उनले पहिलो पटक विनियोजन गरेको ७ लाखले पार्क बनाउने क्षेत्रमा ढुंगा पन्छाउने काम गरेको बताउँदै दोस्रो पटकको १० लाखबाट मास्टर पलानसहितको डिपिआर तयार पारेको बताइन ।

विगतमा विभिन्न कालखण्डमा राष्ट्रका लागि ज्यानको आहुुति दिने शहीदहरू बेलकोटगढी नगरपालिकामात्रै ३६ जना रहेका छन । पार्कमा उनीहरू सबैको प्रतिमा स्थापना हुनेछ । नेपाली कांग्रेसले पासाङल्हामु राजमार्गबाट झ्याङ्लीपोखरीसम्म जाने बाटोका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विनियोजन गरेको बजेट समेत खर्च गर्न नदिएर फ्रिज गराइदिएको परिप्रेक्षमा कम्युनिस्टहरूले स्थानीय तहबाट नमुना काम गर्न थालेपछि जनताहरूले मतको सदुपयोग भएको महशुष गरेका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आईतवार २२:२६

https://srdb.com.np/