९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नुवाकोटको बेलकोटगढी नगरपालिकामा बजार अनुगमन, म्याद नाघेका अखाद्य वस्तु भेटिए

११ असोज, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा बजार अनुगमन भएको छ । नगरपालिकाकी उपमेयर कविता ढुंगानाको नेतृत्वमा बजार अनुगमनले तीव्रता पाएको हो । ढुंगाना नेतृत्वको टोलीले महत्वपूर्ण चाड दशैँ नजिकीसकेको समय भएका कारण  शनिबार समेत बजारमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा मूल्यसूची नटाँसिएको, पसलको नाम स्पष्ट नभएको, गरापालिकामा दर्ता नभएको र तथा ती पसलहरूमा म्याद नाघेका र अखाद्य वस्तुहरू समेत भेटिएको उपमेयर कविता ढुंगानाले बताइन । उनले तत्कालका लागि चाडपर्व लक्षित अनुगमन भएपनि यसलाइ अन्य समयमा समेत निरन्तरता दिने बताइन ।

प्रकाशित मिति : September 28, 2019 at 10:28 pm