ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहद्धारा चितवनमा आक्रमण
११ असोज, काठमाडौँ । चितवनमा आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । शाही ढुंगा प्रहारबाट घाइते भएका हुन् । अाक्रमणबाट गाडीको चारैतर्फका सिसा फुटेको छ । चितवनको शाही चौबिसकोठीमा सभा गर्न जान लागेको बताइएको छ ।

चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कँदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । आक्रमणबाट शाही सामान्य घाइते भएका छन् । शाहीको सीएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमाआक्रमण हुनसक्ने भन्दै शाहीलाई चितवनका सिडिओ र प्रहरी प्रमुखले सभा नगर्न आग्रह समेत गरेका थिए । शाहीमाथि कसले र किन आक्रमण गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र आक्रमण गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 28, 2019 at 5:37 pm









