पृथ्वी राजमार्गमा घण्टाैँ जाम, बाटोमै मर्न थाले बिरामी (भिडियोसहित)
१० असोज, काठमाडौँ । नागढुंगाको जामका कारण बिरामीले बाटोमै मृत्युवरण गर्न थालेका छन । टाढाटाढाबाट उपचारका लागि काठमाडौँ आउँदै गरेका बिरामी राजमार्गको झण्डै ४० किलोमिटर जामका कारण बाटोमै मर्न थालेका छन । बिहान जामकै कारण रौतहटबाट उपचारका लागि काठमाडौँ आउँदै गरेका एक बिरामीको मृत्यु भएको छ । ना ७ ख ५३६४ नम्बरको समृद्धि ट्राभल्सको बसमा रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका रूपलाल साहको मृत्यु भएको छ ।

महदेववेशी नजिक जाममा रहेकै बसमा साहको मृत्यु भएको थाक्रे गाउँपालिकाका समाजसेवी रामचन्द्र रूपखेतीले बताएका छन ।रूपाखेतीका अनुसार साह मिर्गौलाको उपचारका लागि आमासँग काठमाडौँ आउँदै थिए । उनको डाइलासिस र पाइप फेर्नुपर्ने थियो । तर समयमै अस्पताल पुग्न नसक्दा उनको बाटोमै मृत्यु भएको छ । रूपाखेतीले बसका सबै यात्रुले साहको मृत्युका कारण बस छाडेका तर उनकी आमाले छोरोलाइ काखबाट छुटाउन नसकेको बताए । यता प्रहरीले जाम खुलाउनका लागि ठोस केही गर्न सकेको छैन ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : September 27, 2019 at 9:01 am









