८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

लमजुङ र गोरखाकाे सिमानामा केन्द्रविन्दु बनाएर फेरि गयाे भूकम्प

९ असोज, लमजुङ । लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का महसुस गरिएको छ । आज साँझ ६ बजेर ४९ मिनेट जाँदा लमजुङ र गोरखाको सिमाना खरिबोटबाट पाँच किलोमिटर उत्तरतर्फ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : September 26, 2019 at 7:58 pm