८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

सरकारले एसिड आक्रमणमा परेकी मुस्कान र जेनीलाई ३/३ लाख सहयोग गर्ने

९ असोज, काठमाडाैँ । सरकारले एसिड आक्रमणमा परेकी मुस्कान र जेनीलाई ३ लाख सहयोग गर्ने भएकाे छ । मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुन र काठमाडाैँ कालोपुलकी जेनी खड्कालाई उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।

वीरगञ्जकी मुस्कान खातुनलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । यस्तै काभ्रे घर भइ कालोपुल बस्दै आएकी जेनी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : September 26, 2019 at 5:20 pm