नाना कन्स्ट्रक्सनले पारिश्रमिक नदिएर ठगेको नुवाकोटका कृष्णबहादुर तामाङको गुनासो
९ असोज, काठमाडाैँ । नुवाकोटका कृष्णबहादुर लामा तामाङले धादिङको नाना कन्स्ट्रक्सनले काम गरेको पैसा नदिएको गुनासो गरेका छन । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भइ काठमाडौँ बस्दै आएका तामाङले नानाको धादिङमा रहेको साइटमा बसेर गरेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन । उनले आफूले पारिश्रमिक नापएको विषयमा श्रम कार्यालय र प्रहरीमा उजुरी दिएको बताएका छन ।

धादिङको गल्छी बैरेनी सडक र जीवनपुर केवलपुर सडकमा श्रमिक परिचालनको काम गरेको तर पारिश्रमिक माग्दै उल्टै डरधम्की दिने गरेको उनले दैनिकीलाइ जानकारी दिएका छन । दुइवटा सडक योजनामा काम गरे वापत तामाङले पाउनुपर्ने १२ लाख ७५ हजार ३८० रूपैयाँ दुइ वर्षअघि नै दिनुपर्ने भएपनि नदिएको र हाल रकम दिनुको साटो उल्टै धम्की दिने गरेको बताएका छन ।
तामाङले नानामा कार्यरत अन्य १५० भन्दा बढी मजदुरले समेत पारिश्रमिक नपाएको गुनासो गरेका छन । उनले आफ्नो न्यायका निम्ति सहयोग गरिदिन अनुरोध समेत गरेका छन । नानाका सञ्चालक धादिङको निलकण्ठ नगरपालिकाका रमेश कुमार श्रेष्ठ हुन । उनैले डर धम्की दिएको तामाङले बताएका छन । हामीले यस विषयमा श्रेष्ठलाइ सम्पर्क गर्दा उनले सुरूमा कृष्ण लामा भन्ने व्यक्ति नचिनेको बताए । पछि उनले प्रमाण भए कुरा गराैँला नि भन्दै बिरामी भएको कारण जनाउँदै बोल्न चाहेनन् ।
प्रकाशित मिति : September 26, 2019 at 2:47 pm









