पेस्तोलसहित काठमाडौँकाे एभरेष्ट होलिडे इन होटलबाट ४ जना पक्राउ
८ असोज, काठमाडौँ । प्रहरीले पेस्तोलसहित काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ । बुधबार विहान काठमाडौँ महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी, बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको छ ।
प्रकाशित मिति : September 25, 2019 at 5:33 pm









