८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

कक्षा ११ को परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

७ असोज, काठमाडाैँ । कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेललेका अनुसार परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल सार्वजनिक भएको हो । मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा सबै विषय र फ्याकल्टीमा गरी ५ लाख नौ हजार परीक्षार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : September 24, 2019 at 12:07 pm