८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

विवेकशीलको अध्यक्षमा मिलन पाण्डे र शिव थापा भिड्ने

६ असोज, काठमाडौँ । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे र शिव थापाले उम्मेदवारी दिएका छन् । पाण्डे विवेकशीलका प्रवक्ता हुन् भने थापा प्रदेश ५ संयोजक ।


उपाध्यक्षमा अजिता राईको मात्र उम्मेदवारी परेको छ भने महासचिवमा कर्मा लामा र निर्देश सिलवालको उम्मेदवारी परेको छ । वर्तमान अध्यक्ष उज्ज्जल थापाले फेरि अध्यक्ष नहुने यसअघि नै घोषणा गरेका थिए । विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ मा हुनेछ, जसले नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : September 23, 2019 at 6:38 pm